Logo

गल्फ लुब्रिकेन्ट्सद्वारा रुकुम र सल्यानमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

गल्फ लुब्रिकेन्ट्सद्वारा रुकुम र सल्यानमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न



काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले सोलाबाङ, रुकुम (प) र श्री नगर अटो भिलेज, सल्यानमा आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडले रुकुम (प) र सल्यानका लागि आफ्नो आधिकारीक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा सम्पन्न भएको थियो ।

laxmi

नेपालका ग्रामीण र शहरी दुवै क्षेत्रमा रहेका रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुको सल्लाह र सुझाव लिई उनीहरुको सीप विकाश गर्ने उद्देश्यअनुरुप सो कार्यक्रम रुकुम (प) र सल्यान आयोजना भएको कम्पनीले जनाएको छ । सोलाबाङका प्रहरी इन्चार्ज लाल बहादुर रोका र सारधा नगरपालिका १२ का वाड प्रमुख सुरेन्द्र बुडाको प्रमुख अतिथित्वमा सम्पन्न भएको सो कार्यक्रम बिक्रेता र मेकानिक्सहरुले उत्साजनक रुपमा सहभागिता जनाएका थिए ।

सो कार्यक्रममा रुकुम (प) र सल्यानका २५ जना उत्कृष्ट मेकानिक्सहरुलाई सम्मान पनि गरिएको थियो । साथै, नेपाल ल्युब आयल र मध्यपश्चिम सप्लायर्सको सहकार्यमा श्रीनगर अटोभिलेजलाई शुद्ध पिउने पानीको लागी १५ ली. क्षमता को आरो जडान गरी वाड प्रमुख श्री सुरेन्द्र बुडाको हातबाट उद्घाटन पनि गरिएको थियो ।

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका डिलर इन्चार्ज सन्तोष न्यौपानेले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL