Logo

साओमीको ‘स्योरसट सेप्टेम्बर मेला’ शुरू, यस्तो छ अफर

साओमीको ‘स्योरसट सेप्टेम्बर मेला’ शुरू, यस्तो छ अफर



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शुक्रबारदेखि ‘स्योरसट सेप्टेम्बर मेला’ शुरू गरेको छ । यस अफर अन्तर्गत ग्राहकले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउने सो कम्पनीले जानकारी दिएको छ ।

laxmi

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकहरूले यस सेप्टेम्बरमा शाओमीको ’स्योरसट सेप्टेम्बर मेला’ मार्फत प्राविधिक आनन्दको अनुभव गरुन्‌ भन्ने चाहेका बताए । यी अफरहरूले समग्र शाओमी अनुभवलाई निखार्ने उनको दाबी छ ।

यो अफर अन्तर्गत रेडमी ए२ र ए२+ को हरेक खरिदमा ग्राहकले रेडमी इयरफोन निःशुल्क पाउनेछन्। त्यसैगरी हरेक रेड्मी १२सी खरिद गर्ने ग्राहकले निःशुल्क रेड्मी सोनिकबेस ब्लुटुथ इयरफोन प्राप्त गर्नेछन् । दुबै अफरहरू सेप्टेम्बर १ देखि सेप्टेम्बर १५ सम्म लागू हुने साओमीले जानकारी दिएको छ । यो अफर रेडमीका नेपालभरका रिटेल आउटलेटहरूमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्
MBL