Logo

चारपांग्रे सवारीसाधन खरिद गर्दा अनिवार्य प्यान नम्बर, यस्तो छ विभागको सवारी विक्रेतालाई निर्देशन

चारपांग्रे सवारीसाधन खरिद गर्दा अनिवार्य प्यान नम्बर, यस्तो छ विभागको सवारी विक्रेतालाई निर्देशन



काठमाडौं । चालु आर्थिक बर्षको बजेट वक्तव्यमार्फत चार पांग्रे सवारीसाधन खरिदकर्तासँग अनिवार्य प्यान नम्बर माग्नुपर्ने भएपनि त्यस्तो नभएको पाईएको छ । बजेटमै उल्लेख गरिएको कुरा कार्यान्वयन नभएपछि आन्तरिक राजस्व विभागले यसको कार्यान्वयन गर्न सवारी विक्रेताहरुलाई निर्देशन दिएको हो ।

laxmi

सवारीचालकहरुलाई करको दायरामा ल्याउन सरकारले चारपांग्रे सवारी खरिदकर्तालाई प्यान नम्बर अनिवार्य गरेको थियो । सो निर्णय कार्यान्वयन नभएको पाईएपनि विभागले नाडा अटोमोबाईल एसोसिएसनलाई पत्र लेख्दै कार्यान्वयन गर्न ताकेता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL