Logo

Global_Ime

टेल्जी नेपालको १० औं शोरुम पोखरामा, विक्री पछिको सेवासमेत उपलब्ध हुने

टेल्जी नेपालको १० औं शोरुम पोखरामा, विक्री पछिको सेवासमेत उपलब्ध हुने



पोखरा । टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ । योम मा ई मोटर्सले टेल्जी विद्यूतीय स्कुटरको पोखराको लागि माँ मैत्री ट्रेडर्सलार्ई डिलरमा नियुक्त गरेको हो ।

laxmi bank orange saving
NABIL

माँ मैत्री ट्रेडर्सले पोखरा महेन्द्रपुल ९ मा टेल्जीको नयाँ सोरुम संचालनमा ल्याएको हो । कम्पनीको यो १० औं शोरुम हो । उक्त सोरुमले टेल्जीका विद्युतिय स्कुटर विक्री गर्नुका साथै विक्री पछिको सेवा समेत उपलब्ध गराउने छ ।

उक्त शोरुम उद्धघाटन कार्यक्रममा बोल्दै योम मा ई मोटर्सका निर्देशक संञ्जिव शिल्पकारले भने, ‘टेल्जीका विद्यूतीय स्कुटरहरु विश्वस्तरीयका साथसाथै विश्वशनिय विद्युतीय दुईपाँग्रे ब्रान्ड हो । टेल्जीले यूनाइटेड नेशनको इन्भाइरोमेन्ट ई मोविलिटी पार्टनको रुपमा रहेर काम गर्दै आएको छ भने टेल्जीको नाममा धेरै विश्व किर्तिमानहरु समेत रहेका छन् । काठमाडौं, बुटवल, नेपालका पूर्वि शहरुहरु लगायतका धेरै शहरहरुका ग्राहकहरुको मायाले हामी नेपालमा नै सार्वधिक लोकप्रिय ब्रान्ड बन्न सफल भएका छौ’ उनले भने, ‘पोखरा जस्तो सफा र सुन्दर सहरमा हाम्रो शोरुम संचालनमा ल्याउन पाँउदा अत्यन्तै हर्षित भएका छौं ।’

लकडाउन जस्तो विषम परिस्थितीमा टेल्जीलाई नेपाल भित्र्र्याएर छोटो समयमा नै सर्बाधिक विक्री हुने ब्रान्ड मध्य एक बन्न सफल भएको बताउँदै स्कुटर बेच्ने र नाफा कमाउने मात्र नभइ स्कुटर किन्ने ग्राहकलाई परिवारकै सदस्य झै बनाउने उद्देश्यसमेत रहेको उनले बताए । सोही अवसरमा सिल्पकारले स्कुटर विक्री पछिको सेवाका समेत कम्पनीले कुनै कमि हुन नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc