Logo

काठमाडौँका विद्यालयमा सोमबारदेखि पठनपाठन सुरु हुने, पोखराका असोज १ गतेदेखि खुल्ने

काठमाडौँका विद्यालयमा सोमबारदेखि पठनपाठन सुरु हुने, पोखराका असोज १ गतेदेखि खुल्ने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबारबाट विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । २३ र २४ गते जेन जेडहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयहरूमा सोमबारदेखि पठनपाठन सुरु गर्ने निर्णय गरिएको हो ।

शिक्षक तथा कर्मचारीहरूलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित गराउने र पठनपाठन सोमबारदेखि हुने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

पोखराका असोज १ गतेदेखि खुल्ने

जेन जेड प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।

पोखरा महानगरपालिका नगर कार्यपालिकाको बैठकको निर्णयानुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।

यसैगरी, यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लामा विकसित घटनाक्रम र शान्ति सुरक्षाको अवस्थालाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा र कर्फ्यु आदेश आजै बिहान ९:०० बजेदेखि हटाइएको छ । कर्फ्यु र निषेधाज्ञा हटेसँगै सार्वजनिक यातायात र बजार क्षेत्र सञ्चालनमा आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्