Logo

व्यापार समितिको सभापतिमा डा. सुबोध गुप्ता चयन, व्यापार क्षेत्रमा २५ वर्षको अनुभव

व्यापार समितिको सभापतिमा डा. सुबोध गुप्ता चयन, व्यापार क्षेत्रमा २५ वर्षको अनुभव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिको सभापतिमा डा. सुवोधकुमार गुप्ता चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डा. गुप्तालाई व्यापार समितिको सभापतिमा चयन गरेका हुन् ।

laxmi

नेपालको व्यापार क्षेत्रमा २५ वर्षदेखि सक्रिय डा. गुप्ताले विरगंज उद्योग वाणिज्य संघको समेत नेतृत्व गरिसकेका छन् । विरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गुप्ताले दुई कार्यकाल महासंघको कार्यकारिणी सदस्य भएर काम गरिसकेका छन् । हाल उनी चामल, तेल तथा दाल उद्योग संघका अध्यक्ष समेत हुन् ।

खाद्यान्न तथा आयात निर्यात क्षेत्रमा अग्रणी मोहित ग्रूपका प्रबन्ध निर्देशक गुप्ता नेपालको व्यापार क्षेत्रमा २५ वर्षदेखि आवद्ध छन् । उनको मोहित ग्रूपले नेपालमा व्यापार व्यवसाय संचालन गर्दै आएको ५ दशकभन्दा बढी भैसकेको छ ।

व्यापार व्यवसायमा राम्रो दख्खल राख्ने डा. गुप्ताको नियुक्तीसँगै आगामी दिनमा सरकारसँग सहकार्य गर्दै नेपालको निजी क्षेत्रलाई अगाडि बढाउन थप सहयोग पुग्ने विश्वास लिइएको छ । सभापतिमा डा. गुप्ताको चयनसँगै नेपाली उद्योगी व्यवसायीका साथै व्यापार क्षेत्रको प्रवद्र्धन तथा महासंघको छवी र प्रतिस्ठालाई अझ बढी सशक्त रुपमा अघि बढाउन सहयोग पुग्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । साथै उक्त समितिबाट प्रभावकारी रुपमा काम हुने समेत ढकालको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL