Logo

निर्यात व्यवसायी नरेशलाल श्रेष्ठको वस्तुगत सदस्यमा उम्मेदवारी घोषणा

निर्यात व्यवसायी नरेशलाल श्रेष्ठको वस्तुगत सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको गत निर्वाचनमा वस्तुगततर्फबाट सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका नरेशलाल श्रेष्ठले आसन्न निर्वाचनमा वस्तुगत सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको साधारणसभा मार्फत उनले महासंघको आसन्न निर्वाचनमा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । श्रेष्ठ उक्त संघको अध्यक्ष समेत हुन् ।

laxmi

गत वर्षको निर्वाचनमा वस्तुगत तर्फ म्यान अफ दि इलेक्सन भएका श्रेष्ठ वस्तुगत संघहरु माझ परिचित छन् । उनले आफुले एक कार्यकाल महासंघको सदस्य भएर व्यवसायीक हकहितका लागि काम गरेको र अहिलेको विषम परिस्थितमा अझै बढी व्यवसायिक समस्यका लागि सरकारसँग पहल गर्नुपर्ने भएकाले पुनः सदस्य पदमै उम्मेदवार भएर चुनावी मैदानमा आएको बताए । निर्यात क्षेत्रमा ३ दशकभन्दा लामो अनुभव भएको श्रेष्ठले हाल महासंघको निर्यात समितिको सहसभापति हुन् । यस्तै निर्यात जर्मन चम्बर अफ कमर्स र नेपाल निर्यात परिषद्को उपाध्यक्ष हुनुहुन्छ । श्रेष्ठ हस्पिटालिटी, जलविद्युतलगायत एक दर्जन कम्पनीमा आवद्ध छन् भने उनीसँग व्यवसायिक क्षेत्रको लामो अनुभव रहेको छ ।

यसैगरी उनले वस्तुगत संघहरुको हक अधिकारलाई बढाउनका लागि समेत पहल गर्ने बताए । ‘महासंघ संचालनका लागि मुख्य योगदान वस्तुगत संघले दिँदै आएका छन् तर महासंघले वस्तुगत संघलाई सोही अनुरुप अधिकार दिएको छैन,’ उनले भने, ‘अब हामी वस्तुगत संघको हकहित र अधिकार विस्तारका लागि पनि म सदस्य पदमा उम्मेदवारी दिएर अघि बढेको छु ।’ साथै उनले आफु र आफ्नो समुहलाई मत दिएर आगामी निर्वाचनमा विजयी गराउन सबै वस्तुगत संघहरुलाई आग्रह गरेका छन् । उनले वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठ तथा वस्तुगत उपाध्यक्ष हेमराज ढकालको समुहबाट सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

श्रेष्ठ नेपालबाट सबैभन्दा बढी ऊनी फेल्ट उत्पादन तथा निर्यात गर्नेमध्येमा एक हुन । संघको हिजो भएको साधारणसभाले उनको कम्पनीलाई नेपालबाट बढी ऊनी फेल्ट निर्यात गर्ने कम्पनीको रुपमा सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL