Logo

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक, समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक, समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित



काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटिको मामलामा नो कम्प्रमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ ।

जहाँ हाम्रो जिवनमा हुने एक एक सेकेण्ड समयको महत्वलाई दर्साउन दुई साथीविच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगि सकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारीत समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई समय संग जोडेर ‘समयको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश देखाईएको छ ।
यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देश मुलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्य बोध र उत्तरदायित्व प्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो ।

त्यैस्तै दोस्रो भिडियोमा घरबेटी र भाडावाल बीचको सम्झौतामा आधारित कथा मार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिनखोजेको छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै, सामान्यजीवनका निर्णयहरूमापनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।

उक्त सामाजिक सन्देश मुलक विज्ञापन दर्शकहरुले अत्याधिक रुचाईएको थिए । शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापनमात्र नभएर समाज प्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । ‘नो कम्प्रमाइज भन्नजति सजिलो छ त्यतिनै व्यवहारमा पुरा गर्न गाह्रो छ, तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने सन्देश मार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौतानगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ ।

शिवम् सिमेन्टले स्थापनाकालदेखि नै केवलओ.पी.सी. सिमेन्ट उत्पादन तथा विक्रि गर्दै आएको छ । कम्पनीले सधैं गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको छर जस्तो सुकै परिस्थिती मापनि आफ्नो नो कम्प्रमाइजको बाचा पुरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ ।

‘गुणस्तरको पहिचानहो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’, ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ जस्ता नाराहरूले शिवम् ब्राण्डको मूलसिद्धिन्तलाई दर्शाउँछ । यसै प्रतिबद्धताको सम्मान स्वरूपशिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनीबन्न सफलभएको छ ।

प्रतिक्रिया दिनुहोस्