Logo

फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा नरेशलाल श्रेष्ठ, चुनियो १७ सदस्यीय कार्यसमिति

फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा नरेशलाल श्रेष्ठ, चुनियो १७ सदस्यीय कार्यसमिति



काठमाडौं । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा नरेशलाल श्रेष्ठ चयन भएका छन् । संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य श्रेष्ठ पुनः फेल्ट उत्पाक संघको अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

laxmi

संघको १३ औं वार्षिक साधारणसभाले उनको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जस अनुसार संघको वरिष्ठ उपाध्यक्षमा महेश्वर श्रेष्ठ, उपाध्यक्षमा अमोग लाखपा, महासचिवमा तेलबहादुर कुमाल, सचिवमा शान्ति भण्डारी श्रेष्ठ र कोषाध्यक्षमा शिव अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा सुनिता श्रेष्ठ, रुद्रनाथ देवकोटा, सुनिता शेर्पा, चन्द्रबहादुर थापा र र विष्णुमणि लोहनी निर्वाचित भएका छन् ।

त्यस्तै संघको संशोधित विधान अनुसार थप भएको दुई जना उपाध्यक्षमा द चक्रमणि देवकोटा र डाकबहादुर पराजुली मनोनित भएका छन् । यस्तै सचिवमा प्रभुकुमार कार्की र कार्यसमिति सदस्यमा विश्वनाथ श्रेष्ठ मनोनित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL