Logo

क्लियरिङ हाउसमा नयाँ संचालक नियुक्त, वाणिज्य बैंकबाट ढकाल र स्वतन्त्रबाट दाहाल

क्लियरिङ हाउसमा नयाँ संचालक नियुक्त, वाणिज्य बैंकबाट ढकाल र स्वतन्त्रबाट दाहाल



काठमाडौं । नेपाल क्लियरिङ हाउसको संचलाक समितिमा दुई नयाँ संचालक नियुक्त भएका छन् । संस्थाको संचालकमा वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दाहाल नियुक्त भएका हुन् ।

laxmi

चैत्र १४ गते बसेको एनसीएचएलको २ सय ६ औं संचालक समितिको बैठकले दुबैजनालाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एनसीएचएलको संचालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था छ । एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL