Logo

४ अंकले बढ्यो नेप्से, कारोबार रकममा संकुचन

४ अंकले बढ्यो नेप्से, कारोबार रकममा संकुचन



काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसुचक ४.५७ अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव गरिरहेको नेप्से अन्तिम समयमा सामान्य अंकले बढ्दै २१ सय को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर २ सय ५९ कम्पनीका ३९ लाख २२ हजार २ सय १६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार रुपैयाँ पुगेको हो ।

यो रकम हिजो अर्थात आईतबारको तुलनामा कम हो । आज दिनभर भएको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेसँगै १ सय ४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा अन्य ९५ कम्पनीको सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL