Logo

दरम खोला हाइड्रोले आइपीओ निष्काशन गर्ने, विक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

दरम खोला हाइड्रोले आइपीओ निष्काशन गर्ने, विक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल नियुक्त



काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता भएको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् । दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं ११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL