Logo

२४ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ६७ करोडमाथि

२४ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ६७ करोडमाथि



साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लाग्न सुरु गेरेको नेप्से परिसुचक अन्तिममा २४.४६ अंकले घट्दै १९ सय ३८ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज कारोबार अवधिभर २ सय ४० कम्पनीका ४१ लाख २७ हजार २ सय ८६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ६७ करोड ४ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

आज दिनभरको कारोबारमा १४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय ८१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL