Logo

गल्फ लुब्रिकेन्टका एकैदिन ३ नयाँ शोरुम उद्घाटन्, नेपालभर विस्तार गर्ने तयारी

गल्फ लुब्रिकेन्टका एकैदिन ३ नयाँ शोरुम उद्घाटन्, नेपालभर विस्तार गर्ने तयारी



काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले गल्फ लुब्रिकेन्टका एकैदिन ३ नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजना गर्दै चन्द्रपुर, नारायणघाट र हेटौंडामा उक्त नयाँ शोरुम संचालनमा ल्याएको हो ।

उक्त तिनै शोरुमहरुको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन । शोरुम उद्घाटन गर्दै उनले उत्कृष्ट पर्फरमेन्स र अनम्याच्ड क्वालिटिका कारण पकगल्फ लुब्रिकेन्ट नेपाली बजारमा प्रशिद्ध भएको बताए ।

यस्तै कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका महाप्रवन्धक गंगाराज भट्टराईले नयाँ उच्चस्तरिय शोरुमहरुबाट गल्फ ब्राण्डका उत्पादनहरु ग्राहकमाझ पुर्याउने बताए । यस्तै उनले अब नेपालभर शोरुमहरु खोल्नेसमेत घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL