Logo

सेयर बजारमा उच्च गिरावट, २०४ कम्पनीको सेयरमूल्य घट्यो

सेयर बजारमा उच्च गिरावट, २०४ कम्पनीको सेयरमूल्य घट्यो



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भारी गिरावट आएको छ । बुधबार कारोबार समयको सुरुवातिदेखि नै ओरालो लाग्न सुरु गरेको बजार अन्तिम समयमा ३९.१५ अंकले घट्दै १९ सय १७ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कारोबार अवधिभर कुल २ सय २३ कम्पनीका ३६ लाख ९७ हजार ७ सय २३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

आज कारोबार भएकामध्ये २ सय ४ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ भने १२ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिन्छ ।

बजार उच्च अंकले घटेसँगै समुहगत परिसुचकमा पनि भारी गिरावट देखिएको छ । नेप्सेका अनुसार आज सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक २ सय अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा १ सय ४४ अंकको गिरावट देखिन्छ ।

यस्तै आज लघुवित्त ११९, विकास बैंक ११०, उत्पादनमुलक समुह १३६ र होटल तथा पर्यटन समुहको परिसुचक ५६ अंकले घटेका छन् । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा बुधबार १४ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL