Logo

सानिमा बैंकको लाभांस घोषणा, नगद मात्रै दिने

सानिमा बैंकको लाभांस घोषणा, नगद मात्रै दिने



काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांस घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ७.३६८५ प्रतिशत अर्थत् १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांस (कर सहित) वितरण गर्ने लागेको हो ।

बैंकको असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांस वितरण गर्ने निर्णय गरेको हो । लगानीकर्ताले बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस्