काठमाडौं ।नेपालका लागि याडियाको आधिकारिक वितरक कुजुनेपाल प्रालिले बहुप्रतिक्षित याडिया ओविन विद्यतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ। याडिया ओविन इटालीयन शलीबाटै प्रेरित आकर्षकर्ष रेट्रो–मोडर्न डिजाइनमा बनेको छ।
यो स्कुटर शहरीया परिवेशमा सजिलो यात्राका लागि निर्माण गरिएको हो। यसमा २८०० वाट क्षमताको मोटर, ७२ भोल्टको ३० एएच ब्याट्री र एकपटक चार्ज गर्दा १०५ किलोमिटरसम्म यात्रा गर्न सकिने सविुधा छ।
साथै सजिलै चलाउन मिल्ने क्रुज कन्ट्रोल र पछाडि फर्केर पनि चलाउन सकिनेरिभर्स असिस्ट जस्ता सविुधा पनि दिइएको छ। याडिया ओविनको आधिकारिक मल्यू २,३५,००० रुपैयाँ तोकिएको भए पनि समस्त नेपालीहरुको महान पर्व दशैं तिहार, एवंछटलाइ लक्षित गर्दै विशषे मल्यू रू २,१०,००० रुपैयाँ घोषणा गरिएको छ। यसका साथै लगातार ८ वर्ष विश्वकैनम्बर १ इलेक्ट्रिक टुव्हिलर ब्रान्ड बन्न सफल भएको उपलब्धि मनाउन पनि यस विशेष मूल्यको घोषणा गरिएको र यो मल्यू सिमित संख्याका लागि मात्र उपलब्ध हुनेपनि कम्पनीले जानकारी दिएको छ।
हरेक याडिया उत्पादन जस्तैयाडिया ओविन पनि ३ वर्ष वा ५०,००० किलोमिटरसम्मको वारेन्टीसहित आउँछ।यसले प्रयोगकर्तालाई लामो समयसम्म निश्चिन्त बनाउँछ। “ओविन केवल स्कुटर मात्र नभएर यसले नेपाली उपभोक्तालाई नयाँ पुस्ताको स्टाइल, स्मार्ट सविुधाहरु र वातावरणमैत्री सवारी साधनको अनभवु प्रदान गर्दछ। दसैँ विशेष अफर हाम्रो ग्राहकहरूसँग मिलेर याडियाको सफलता मनाउने तरिका हो”, कुजु नेपाल प्रालिका प्रवक्ताले भने ।
