SCT


GBIME

आइएमई पे र फोन पेबीच सम्झौता, आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका


बिजखबर संवाददाता
23 September, 2022 4:40 pm

आइएमई पे र फोन पेबीच सम्झौता, आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

काठमाडौं । आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिज्नेस डेव्लप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

NLIC
Lamxi_bank

समझदारी अनुसार क्युआर स्क्यानमा १ लाख रुपैयाँसम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।

दशैं तिहारलगायत चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जस मार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख रुपैयाँ जित्ने मौका पाउनेछन् ।

यसको साथै यहि असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिक्तममा रु. १००) पनि प्राप्त गर्न सक्नुहुनेछ ।

समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पु¥याउनुका साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL