Logo

Global_Ime

फोनपेको नयाँ ‘सुपरयात्रा’ अभियान, म्याकबुक एयर जित्ने मौका

फोनपेको नयाँ ‘सुपरयात्रा’ अभियान, म्याकबुक एयर जित्ने मौका



काठमाडौं । फोनपे ले ‘फोनपे सुपरयात्रा’ नामक नयाँ अभियान संचालन गरेको छ | मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरुबीच डिजिटल भुक्तानीको सहज हुने कम्पनीले जनाएकाे छ ।

Laxmi_sunrise
Kumari

‘सुपरयात्रा’ अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन् ।अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड सुपरयात्रा २०० प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा २०० रूपैयाँ क्यास ब्याक को मजा लिन सक्नेछन् । यस अभियानमा सहभागि हुन ग्राहकहरुले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एप मार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्ने कम्पनीले जनाएकाे छ ।

यस अभियानले मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथ साथै यस चाडपर्वको घडिमा अधिकांश ग्राहकहरुको यात्रामा थप उर्जा थप्ने लक्ष्य पनि राखेको छ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC