Logo

९.८३ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ६५ करोडमै सीमित

९.८३ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ६५ करोडमै सीमित



काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९.८३ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो लाग्न सुरु गरेको नेप्से अन्तिम समयमा ९.८३ अंकले घट्दै १८ सय ३८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर २ सय २९ कम्पनीका २५ लाख ४२ हजार ८ सय ९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६५ करोड ५७ लाख ५ हजार रुपैयाँमा सीमित भएको छ ।

आज दिनभर भएको कारोबारमा ५३ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय ६३ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । आज पनि सामलिङ पावर कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट नजिकै पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL