Logo

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजना सुरु, गाडी खरिदमा २ लाखसम्म अतिरिक्त छुट

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजना सुरु, गाडी खरिदमा २ लाखसम्म अतिरिक्त छुट



काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागी ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले २ लाख र १ लाख ५० हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन् ।

laxmi

उक्त योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ ।

यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL