Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ८२ करोडमै सीमित

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ८२ करोडमै सीमित



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । पछिल्लो समय लगातार ओरालो गतिमा चलिरहेको नेप्से परिसुचक बुधबार ११.९७ अंकले घट्दै १९ सय ३९ को विन्दुमा आएर रोकिएको हो ।

यसदिन बजारमा कारोबार रकममा पनि ठुलो गिरावट आएको छ । आज कारोबार अवधिभर २ सय २४ कम्पनीका २९ लाख ४३ हजार ७ सय ६९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम जम्मा ८२ करोड ६२ लाख ३० हजार ५ सय ८३ रुपैयाँमा सिमित भएको छ ।

आज पनि मंगलबारजस्तै म्युचुअल फण्ड समुहको परिसुचकमा झिनो अंकको सुधार आउँदा अन्य सबै समुहका परिसुचकहरु ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी गिरावट व्यापार समुहको परिसुचकमा देखिन्छ ।

आज व्यापार समुहको परिसुचक ४७ अंकले ओरालो लाग्दा जीवन बीमा समुहको परिसुचक ३६, लघुवित्त ३२, विकास बैं ३७ र होटल टुरीजम तथा वित्त समहुको परिसुचक समान २१ अंकले ओरालो लागेका छन् । बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा बुधबार ५ अंकको गिरावट आएको छ ।

आज सबैभन्दा बढी सेयर कारोबार नेपाल टेलिकमको भएको छ । बुधबार मात्रै एकैदिन नेपाल टेलिकमको ५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL