Logo

सुस्ताउँदै नेप्से, कारोबार १ अर्बबाट ओर्लियो

सुस्ताउँदै नेप्से, कारोबार १ अर्बबाट ओर्लियो



काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक धिमा गतिमा चल्दैछ । कहिले झिनो अंकले घट्ने नेप्से कहिले झिनो अंकले बढिरहेको हुन्छ । सोही ट्रेन्डलाई पछ्याउँदै सोमबार भने नेप्से परिसुचक ४.२९ अंकले ओरालो लाग्यो । पहिलो आधा घण्टा एकाएक उकालो लागेको सेयर बजार परिसुचक त्यसको केहिबेरपछि लगातार ओरालो लागेको थियो । अन्तिम समयमा ४ अंकले घटेको नेप्से परिसुचक १९ सय ७३ को विन्दुमा पुगेर रोकिएको छ ।

laxmi

नेप्से ओरालो लागिरहँदा कारोबार रकमले पनि साथ छोडिरहेको देख्न सकिन्छ । सोमबार २ सय २४ कम्पनीका २४ लाख ४४ हजार ३ सय ४४ कित्ता सेयर २१ हजार भन्दा बढी पटक विक्री हुँदा कारोबार रकम जम्मा ९० करोड ९९ लाख ४ हजार रुपैयाँमा सिमित भएको छ ।

आज समग्र सेयर बजार ओरालो लागेपनि उत्पादनमुलक र लघुवित्त समुहको परिसुचकमा झिनो अंकको सुधार देखिन्छ । सोबार लघुवित्त समुहको परिसुचकका २.५ र उत्पादनमुलक समुहको परिसुचकमा १.८७ अंकको वृद्धि देखिन्छ ।

आज अतिरिक्त समुहको परिसुचकमा १५ अंकको गिरावट आउँदा विकास बैंक समुहको परिसुचक १० अंकले ओरालो लागेको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा सोमबार १.३९ अंकको गिरावट आउँदा जलविद्युत, वित्त, पर्यटन तथा होटल, बीमालगायतका समुहका परिसुचक घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL