Logo

धौलागिरि लघुवित्तको आइपीओ बाँडफाँट, ३० हजार ९२९ जनाले पाए १० कित्ता

धौलागिरि लघुवित्तको आइपीओ बाँडफाँट, ३० हजार ९२९ जनाले पाए १० कित्ता



काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बुधबार प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो ।

laxmi

बिक्री प्रबन्धक कार्यालयका अनुसार सेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार ९ सय २९ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । त्यस्तै उल्लेखित निष्कासित शेयरमा बाँडफाँटबाट बाँकी पाँच कित्ता सेयर गोलाप्रथाबाट थप ५ जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत साउन २४ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आइपिओमा कूल १८ लाख ६४ हजार छ सय ४० योग्य आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । कूल आवेदकमध्ये १ हजार २ सय ८६ को १४ हजार एक सय ४० कित्ता सेयर खरिदको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले आफ्नो कूल जारी पुँजी (१० लाख ३१ हजार कित्ता सेयर)को ०।५ प्रतिशतअर्थात् ५ हजार एक सय ५५ कित्ता सेयर कर्मचारीलाई र निष्काशित सेयरको पाँच प्रतिशत अर्थात् १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख ९ हजार दुई सय ९५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट९मेरो शेयर०मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL