Logo

साताको पहिलो दिन ७ अंकले ओरालो लाग्यो नेप्से, २ अर्बको कारोबार

साताको पहिलो दिन ७ अंकले ओरालो लाग्यो नेप्से, २ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ७.७२ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा तय गरेको नेप्सेमा ७ अंकको गिरावटसहित २०६० को विन्दुमा पुगेको हो ।

laxmi

आज कारोबार अवधिभर २ सय १८ कम्पनीका ५३ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८९ रुपैयाँ पुगेको छ ।

आईतबार बजारमा कारोबार भएका मध्ये होटल तथा पर्यटन, उत्पादनमुलक, निर्जीवन बीमा र बैंकिङ समुहबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ । जसमध्ये सबैभन्दा बढी ओरालो व्यापार समुहको परिसुचक लागेको देखिन्छ । आज व्यापार समुहको ४१ अंकले ओरालो लाग्दा जीवन बीमा समुहको परिसुचकमा ३७, विकास बैंक समुहको ३५, जलविद्युत समुहको २८ र वित्त समुहको परिसुचक १६ अंकले ओरालो लागेका छन् ।

यस्तै आज अतिरिक्त, म्युचुअल फण्ड, लघुवित्तलगायतका कम्पनीको सेयरमूल्यमा पनि सामान्य गिरावट आएको छ । आज मन्दाकिनी र अपर हेवाखोला जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL