Logo

छैठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना हुँदै, रैथाने सामाग्री अवलोकल गर्ने अवसर

छैठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना हुँदै, रैथाने सामाग्री अवलोकल गर्ने अवसर



काठमाडौं । महिला उद्यमी महासंघ नेपालले अन्तरराष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । महामंघले छैटौ अन्तरराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला आगामी भदौ २ गतेदेखि ५ सम्म आयोजना गर्ने भएको हो । राजधानीमा आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले यस्तो जानकारी दिएको छ । ललितपुरको हेरिटेज गार्डेनमा गर्ने भनिएको उक्त मेला प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

महासंघले नेपालमा भएका स्थानीय साधन र स्रोतहरुको प्रयोग गरि उत्पादन गरिने वस्तुहरुको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्मको संजाल विस्तार गर्न मेला उपयोगी हुने जानकारी दिएको छ । मेलामा ७ वटै प्रदेशका महिला उद्यमीको सहभागिता हुने भएको छ ।

यस वर्षको मेलामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत देशका महिला उद्यमीहरुको सहभागिता हुनेछ । उक्त मेलामा अधिकांश स्थानीय उत्पादन उपलब्ध हुने आयोजकले जानकारी दिएको छ ।
मेलामा नेपाली हस्तकलाका सामाग्री, पुष्प सामाग्री, गरगहना, जडिबुटी, अग्र्यानिक खाद्यवस्तु लगायतका वस्तुहरुका कुल १ सय ९ स्टल रहने भएका छन । ती प्रत्येक स्टलमा २ जना उद्यमी सहभागी हुन पाउने भएकाले २ सय १८ उद्यमीले आफ्ना वस्तु प्रदर्शन र बजारीकरण गर्न सक्नेछन ।

मेलामा दार्चुलाको राडीपाखी, पाल्पाको ढाकादेखि नुवाकोटको रैथाने चामल सम्मका सामाग्री उपलब्ध हुनेछन ।
प्रति स्टलको भाडा २८ हजार रुपैयाँ हुने भएता पनि राजधानी बाहिर दुर्गमबाट आउने महिला उद्यमीले ३ हजार रुपैयाँमा स्टल उपभोग गर्न पाउनेछन । यसका साथै जिल्लाबाट आउने महिला उद्यमीहरुलाई खाजा र यातायात खर्चसमेत उपलब्ध गराउने महासंघको योजना छ ।

मेलाले नेपाली तथा अन्तरराष्ट्रिय महिला उद्यमीहरुका बीच प्रविधि तथा सिप आदान प्रदान गर्ने अवसर प्रदान गर्ने आयोजकको दावि छ । यसका साथै मेलाले वस्तुको प्रर्दशनी, पबद्र्धन र बजारीकरणका साथै अलनाईन बजारीकरण गर्न सहयोग पुर्याउने भएको छ । यसका साथै देशभरको स्थानीय उत्पादन एकै ठाँउमा उपलब्ध गराउनु मेलाको उदेस्य रहेको आयोजकको दाबि रहेको छ ।

मेलामा महिला उद्यमीका अनुभव आदान प्रदान गर्नका साथै संयुक्त लगानीका अवसरको खोजीका लागि मेलाको छलफल कार्यक्रम पनि संचालन गर्ने भएको छ ।
महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले विगतमा कोभिडकै कारण कतिपय व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको तितो अनुभव रहेको स्मरण गराउँदै अनलाईन बजारीकरणमा जोड दिँदै आगामी दिनमा यस्ता खालका चुनौतीलाई अवसरको रुपमा लिन सकिने अवस्थाको लागि महासंघ लागिपर्ने बताइन् ।

मेला संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवालीले मेलाको बारेमा विस्तृत जानकारी दिएकी थिईन । उनले पत्रकार सम्मेलनमा बोल्दै कोरोना महामारीले धेरै कुरा सिकाएको बताईन् । कुनै पनि देश आफैमा सक्षम हुनका लागि स्वदेशी वस्तुको प्रयोग बढाउने, स्वदेशी खाना खानेलगायत स्वदेशी उद्यमीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL