Logo

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ७० करोडमा सिमित

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ७० करोडमा सिमित



काठमाडौं । यो साताको २ दिन लगातार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । बिहानै देखि उत्तारचढाव गरिरहको नेप्से परिसुचक अन्तिम समयमा ११.६८ अंकले बढ्दै १९ सय २७ को विन्दुमा पुगर रोकिएको हो ।

laxmi

आज सबैजसो समुहको परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी अंकले उकालो लाग्नेमा निर्जीवन बीमा समुह र उत्पादनमुलक समुहका परिसुचक छन् । आज निर्जीवन बीमा समुहको परिसुचक ७४ अंकले उकालो लाग्दा उत्पादनमुलक समुहको परिसुचकमा ६५ अंकको वृद्धि देखिन्छ ।

यस्तै आज जलविद्युत समुहको परिसुचक ३०, विकास बैंक समुहको परिसुचक २६, होटल तथा पर्यटन समुहको परिसुचक ४१ र व्यापार समुहको परिसुचक २६ अंकले उकालो लागेको नेप्सेले जानकारी दिएको छ । यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा मंगलबार ४ अंकको वृद्धि देखिन्छ ।

आज दिनभर २ सय २६ कम्पनीका ३९ लाख ६७ हजार ५ सय ६१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL