काठमाडौं । नेपालका जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१÷८२ मा करिब पौने २ खर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले १ करोड ४१ लाख २ हजार ४८९ वटा बीमालेख बिक्री गर्दै कुल १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्।
नेपाल लाइफले संकलन गर्याे सबैभन्दा धेरै बीमाशुल्क
बीमाशुल्क संकलनका हिसावले गत अािर्थक बर्ष नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले गत आर्थिक वर्षमा ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । यस्तै दोस्रो स्थानमा रहेको नेसनल लाइफ इन्स्योरेन्सले गत आवमा २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्र्दे धेरै संकलन गर्ने तेस्रो कम्पनी बन्न पुगेको छ ।
गत बर्ष हिमालयन लाइफले १७ अर्ब ६६ करोड ७ लाख, सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड ७३ लाख, एसियन लाइफले १० अर्ब २४ करोड ८४ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख र सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख, मेटलाइफले ६ अर्ब २५ करोड ८३ लाख, आइएमई लाइफले ५ अर्ब ६५ करोड २७ लाख, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड १ लाख, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख र सन नेपाल लाइफले ५ अर्ब ४५ लाख रुपैयाँको व्यापार गरेका छन्।