Logo

‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित

‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित



काठमाडौं । जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनका लागि ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ शुक्रबार राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित आएको विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए। यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सभामा विधेयकमाथि छलफल भएको थियो।

छलफलका क्रममा सांसद विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले विभिन्न प्रावधानबारे सुझाव, जिज्ञासा र टिप्पणी राखे।

सांसदहरूको जिज्ञासामा प्रतिक्रिया दिँदै मन्त्री खड्काले जलस्रोतको दीर्घकालीन, दिगो उपयोग र प्रभावकारी व्यवस्थापनलाई लक्ष्य गर्दै विधेयक तयार गरिएको बताए। उनका अनुसार संविधानले समावेशी अधिकार सुनिश्चित गरिसकेको हुँदा दलितसम्बन्धी पृथक व्यवस्था गर्न आवश्यक नदेखिएको र समितिका सदस्यबीच यसबारे सहमति जुटेकाले त्यसअनुसार विधेयक बनेको हो।

मन्त्री खड्काले विधेयकमा बाँध तथा जलस्रोत संरचनाको सुरक्षासम्बन्धी प्रावधानलाई अझ स्पष्ट र कार्यान्वयनमैत्री बनाइएको समेत जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This