Logo

गत वर्ष निर्जीवन बीमा कारोबार ६.७७ प्रतिशतले बढ्यो, शिखर इन्स्योरेन्स अग्रस्थानमा

गत वर्ष निर्जीवन बीमा कारोबार ६.७७ प्रतिशतले बढ्यो, शिखर इन्स्योरेन्स अग्रस्थानमा



काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कारोबार करिब ४४ अर्ब रुपैयाँमा पुगेको छ। नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले २८ लाख ६४ हजार ९४५ बीमालेख जारी गर्दै ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा २८ लाख ४९ हजार ९३४ बीमालेख जारी गर्दै ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो। यसरी गत वर्ष कारोबार ६।७७ प्रतिशतले वृद्धि भएको हो।

समीक्षा अवधिमा १२ कम्पनीको कारोबार बढ्दा २ कम्पनीको घटेको प्राधिकरणले जनाएको छ। कारोबारको परिमाणमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहँदा, वृद्धिदरको हिसाबले नेपाल इन्स्योरेन्स पहिलो रह्यो।

गत वर्ष शिखर इन्स्योरेन्सले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५।९२ प्रतिशतले बढी हो। दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रह्यो, जसले ५ अर्ब २० लाख रुपैयाँ संकलन गर्दै ४।४७ प्रतिशत वृद्धि गर्‍यो। तेस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रह्यो, जसले ४ अर्ब ३१ करोड २ लाख रुपैयाँ आर्जन गर्दै ३।१९ प्रतिशत वृद्धि गरेको छ।

यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ८६ करोड ५७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले ३ अर्ब ६ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यी सबैको कारोबार अघिल्लो वर्षको तुलनामा बढेको हो।

त्यस्तै, युनाइटेड अजोडले २ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड ४८ लाख रुपैयाँ, सानिमा जीआईसीले २ अर्ब ७० करोड ३२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड ७४ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ आर्जन गरेका छन्।

तर, राष्ट्रिय बीमा कम्पनी र नेसनल इन्स्योरेन्स भने अघिल्लो वर्षको तुलनामा पछि परे। राष्ट्रिय बीमा कम्पनीको कारोबार १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँमा सीमित रहँदा नेसनल इन्स्योरेन्सले १ अर्ब ६ करोड १६ लाख रुपैयाँ मात्र आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्