Logo

७ अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

७ अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७ दशमलव २१ अंकले घटेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको बजारले बुधबार पनि निरन्तरता पाएको हो । आज दिनभर भएको कारोबारमा २ सय २७ कम्पनीका ३० लाख २० हजार ६७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७ करोड रुपैयाँमा सिमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा कम हो ।

laxmi

आज विकास बैंक, जलविद्युत र वित्त समुहको परिसुचकमा वृद्धि हुँदा अन्य सबै समुहको परिसुचक ओरालो लागेका छन् ।
आज विकास बैंक समुहको परिसुचक २१ अंकले बढ्दा जलविद्युत समुहको परिसुचक १६ अंकले बढेको छ । यस्तै आज वित्त समुहको परिसुचकमा ५ अंकको वृद्धि देख्न सकिन्छ ।

तर, ओरालो लागेका समुहमध्ये सबैभन्दा बढी गिरावट बीमा समुहको परिसुचकमा देखिन्छ । आज निर्जीवन बीमा समुहको परिसुचकमा १५७ अंकको गिरावट आउँदा जीवन बीमा समुहको परिसुचक १५५ अंकले घटेको छ ।

यस्तै आज व्यापार र उत्पादनमुलक समुहको परिसुचक ३ अंकले घट्दा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा ५ अंकको गिरावट आएको छ ।

आज मैलुङ खोला जलविद्युत आयोजना र बलेफी जलविद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दा शिखर इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL