Logo

भृकुटीमण्डपमा प्लास्टिक मेला सुरु, प्लास्टिक उत्पादनदेखि खपतसम्मका सामग्री उपलब्ध

भृकुटीमण्डपमा प्लास्टिक मेला सुरु, प्लास्टिक उत्पादनदेखि खपतसम्मका सामग्री उपलब्ध



काठमाडौं । प्लास्ट नेपाल फाउन्डेसनको आयोजनामा ‘प्लास्ट नेपाल २०२२’ प्लास्टिक मेला सुरु भएको छ । फाउन्डेसनले काठमाडौंको भृकुटीमण्डपमा आज (बिहिबार) देखि जेठ १४ गते शनिबारसम्म मेला आयोजना गर्न लागेको हो । यसपटक शुरु भएको मेला तेस्रो संस्करण भएको र यस अघि सन २०१४ र सन २०१८मा दुई संस्करण भईसकेको आयोजकले जानकारी दिएको छ ।

उक्त संस्करणको उद्घाटन समारोहमा उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडूले उत्पादनलाई गुणस्तरीय बनाउन र लागत घटाउन सरकारको तत्परता रहने बताए । यस्तै उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद घिमीरेले समाजको विकास संगै प्लास्टिकको उपयोगीता बढ्दै गएको र प्लास्टिकको प्रयोग बढ्दैमा चिन्तित हुनु नपर्ने तर यसको उत्पादनमा गुणस्तरीयता र व्यवस्थापनमा सजग हुनु आवस्यक रहेको बताए ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्लास्टीक विनाको दैनीकी चलाउन गाह्रो भएको अवस्थामा यसको पुनः प्रयोग गर्नेतर्फ योजना बनाई कार्यान्वयन गर्नतर्फ जोड दिनुपर्ने बताए । प्लास्टीकको प्रयोग गर्दा मानव स्वास्थका साथै वातावरणीय स्वास्थलाई ध्यान दिनुपर्नेमा उद्योग सचीव घिमीरेले जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्लास्टिकका सामाग्री उत्पादनका लागी ल्याईने कच्चा पदार्थमा लगाईदै आएको १० प्रतिशत करलाई ५ प्रतिशतमा पुर्याउन नेपाल सरकारलाई अनुरोध गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले प्लास्टीकले विपदको समयमा पनि मानव जीवनलाइ सहज बनाउन सहयोग गर्ने भएकाले यसलाई नकारात्मक हिसावले मात्र हेरिनु नहुने बताए । उनले मानव जीवनमा प्लास्टीकको प्रयोग हरेक क्षेत्रमा भईरहेकोले यसको उत्पादनको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताए ।

मेलामा प्लास्टिकजन्य उत्पादन, यसका कच्चा पदार्थका साथै उत्पादन सघाउने मेसिन एवं उपकरणहरू समेत १ सय २६ स्टल रहेको आयोजकले जानकारी दिएको छ । उक्त स्टलहरुबाट अवलोकनकर्ताले प्लास्टिकबाट निर्मित सामाग्रीका साथै उक्त सामाग्री निर्माण गर्ने उपकरण पनि अवलोकन गर्न सक्ने छन ।

नेपाली प्लास्टिक उद्यमीहरूको छाता संगठनका रुपमा रहेको प्लास्ट नेपालले उक्त पदर्शनीले प्लस्टीकको उपयोगीतावारे वारे बुझ्नका साथै समग्र प्लास्टिक उद्योगमा टेवा पुग्ने जानकारी दिएको छ । उक्त मेलामा नेपालका प्रमुख प्लास्टिक उद्योगहरूका साथै भारतसहित अन्य देशका करिब पाँच हजार प्लास्टिक उद्यमी व्यवसायी सहभागी हुने मेला आयोजकले जानकारी दिएको छ । मेलामा उद्योगी–व्यवसायी र अन्य अवलोकनकर्ता सहित करिव एक लाखले अवलोकन गर्न गर्ने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL