Logo

सुजुकीले ल्यायो २०१६ मोडलमा गाडी, आकर्षक ब्याजरमा फाइनान्स सुविधा

सुजुकीले ल्यायो २०१६ मोडलमा गाडी, आकर्षक ब्याजरमा फाइनान्स सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुजुकी मोटरले नेपाली बजारमा २०१६ मोडलका गाडीहरु भित्र्याएको छ । सुजुकीको लागि नेपालको अधिकारी वितरक सीजी मोटोकर्पले उक्त मोडलका गाडीहरु नेपाली बजारमा भित्र्याएको हो । देशमा २०१५ मोडलका गाडीहरु चलिरहेका बेला २०१६ मोडलका कारहरु नेपाली बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले २०१६ मोडलहरुमा स्वीफ्ट डिजायर, अल्टो के१०, वाग्नर, एस–क्रश, सियज, ओम्नी भ्यान, इको र सेलेरियो गाडीहरु नेपाली बजारमा भित्र्याएको जानकारी दिएको छ ।
कम्पनीले २०१६ मोडलका नयाँ कारहरु बजारमा ल्याउनुको साथै, सुजुकीले आकर्षक ब्याजदरमा फाइनान्स सुविधा समेत उपलब्ध गराएको छ । स्ट्याण्डर चाटर्ड बैंक, एनएमबि बैंक र एनआईसि एशिया बैंकका उक्त सुविधा लिन सकिने छ । सो बैंकले सुजुकी कारको लागि विशेष ब्याजदर योजना प्रदान गरेका छन् । २०१६ का नयाँ मोडलका कारहरु देशभरि उपलब्ध छन् र २०१५ मोडलमा विशेष अफर प्रदान गरिएको छ ।

नेपालमा २०१६ मोडलका नयाँ कार भित्र्यानेमा सुजुकी पहिलो भएको समेत कम्पनीको दावी छ । २०१६ मोडलका नयाँ कारहरुको प्रस्तुतिसँगै धेरै भन्दा धेरै ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्ने कुरामा आशाबादी रहेको कम्पनीले जानकारी दिएको छ

सुजुकी फोर ह्वीलर २० वटा शहरमा २९ विक्रि कक्ष र २० सेवा केन्द्रका साथ सबैभन्दा ठूलो विक्रि र सेवा नेटवर्क भएको कम्पनीको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL