Logo

नेपालमा ‘सुजुकी सेलेरियो’ सार्वजनिक, यस्ता छन विशेषता

नेपालमा ‘सुजुकी सेलेरियो’ सार्वजनिक, यस्ता छन विशेषता



काठमाडौं । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक गरेको छ ।

सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि  भारबाट  केहि राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ ।

नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ।

सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियो मा  अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्त्साहित गर्नेछ । 

अल न्यू सेलेरियोले थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै  गतिशील स्ट्यान्स प्रदान गर्दछ। स्टाइलिश थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइन ले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ ।

एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ। १५” (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा  जीवन्त शैलीको आकर्षण थप्दछ । 

प्रतिक्रिया दिनुहोस्
MBL