Logo

साना लगानीकर्ता हितका लागि ब्रोकर कमिशन घटाउँदै सेबोन, ३ हप्ताभित्र ब्रोकरलाई आफ्नै एपीआई

साना लगानीकर्ता हितका लागि ब्रोकर कमिशन घटाउँदै सेबोन, ३ हप्ताभित्र ब्रोकरलाई आफ्नै एपीआई



काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना लगानीकर्ताको हितमा ब्रोकर कमिशन घटाउने भएको छ । हाल ब्रोकर कमिशन समायोजन गर्ने विषयमा अध्ययन भैरहेको र त्यसलाई साना लगानीकर्ताको हितमा हुनेगरी घटाईने बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । ‘अबको प्रविधि युगमा कतिपय काम अटोमेशनमा गैसके पनि बाँकी काम पनि अटोमेशनमै लैजानुपर्छ,’ पत्रकार सँगको भेटघाटमा उनले भने, ‘सबै काम अटोमेशनमा गएपछि कमिसन पनि स्वतः घटाउनु जरूरी छ ।’

laxmi

बोर्डले लगानीकर्ताको हित संरक्षणका लागि अविभावकको भुमिका निर्वाह गर्नुपर्ने भन्दै सानालगानीकर्ताको पुँजी बजारप्रति सकारात्मक मनस्थिति बनाउने काम गर्ने उनको भनाई थियो । ‘अहिले पुँजी बजार सुधारका लागि विभिन्न ऐन नियम तर्जुमा तथा परिमार्जनको क्रममा रहेको छ,’ उनले भने, ‘अबका दिनमा बोर्डले सेयर बजार सम्बन्धी वित्तीय साक्षरता बढाउनुका साथै सबैलाई फिल हुने खालको काम गर्नु जरुरी छ ।’

अहिले नेपालका सेयर कारोबार मात्रै भैरहेको भन्दै रिक्स म्यानेज गर्न धितोपत्र बजारमा बण्ड मार्केटजस्ता टुल्स ल्याएर विविधिकरण गर्ने बताए । साथै अहिले नेपालमा १२ सयभन्दा बढी ठूला करदाता कम्पनी भएकाले बजार विस्तारका लागि त्यस्ता कम्पनीलाई पुँजी बजारमा ल्याउनु पर्ने बताए । साथै लगानीकर्ताको गुनासो ब्यवस्थापन गर्नका लागि छुट्टै एप संचालमा ल्याउने बताए ।

धितोपत्र बजारको नियमन गर्न अटोमेटेड सिस्टम जडान गर्नुपर्ने भन्दै अबका दिनमा बजारमा कर्नरिङ तथा इन्साईडर ट्रेडिङ गर्नेमाथि अनुगमन गरी तुरुन्तै कारबाही गरिने बताए । ‘रियल सेक्टर कम्पनीलाई बुक बिल्डिङमार्फत ल्याउनु पर्नेछ,’ उनले भने, ‘ बुकबिल्डङमा नगई रियल सेक्टर कम्पनीलाई सेयर बजारमा ल्याउन सकिदैन । तर यसमा अण्डरराईटिङजस्ता विषय फेयर हुनुपर्छ ।’

साथै टीएएसका लागि मापदण्ड बनाएर लागू गरिने जानकारी दिँदै ३ हप्ताभित्रै ब्रोकरलाई एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) सम्बन्धी व्यवस्था गरिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL