Logo

प्यानिक बन्दै लगानीकर्ता, बजारमा उच्च सप्लाई आउँदा भेटिन छाडे खरिदकर्ता

प्यानिक बन्दै लगानीकर्ता, बजारमा उच्च सप्लाई आउँदा भेटिन छाडे खरिदकर्ता



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ। कारोबार समयको सुरुवातदेखि नै बजारमा उतारचढाव देखिएको थियो, तर दिनको अन्त्यतिर नेप्से परिसुचकमा उल्लेखनीय गिरावट देखिन पुगेको हो

बजार निरन्तर ओरालो लागिरहँदा लगानीकर्ताले स्टप लसका लागि सेयर विक्री बढाएका छन् । जसका कारण लगानीकर्तामा मनोवैज्ञानिक दबाब बढाएपछि बजारमा खरिदचापको तुलनामा विक्रीचाप बढेको देखिन्छ । बजार घट्ने मनोबैज्ञानिक त्रासका कारण लगानीकर्ताहरु प्यानिक बन्दै गएपछि विक्रीचाप उच्च भएपनि खरिदकर्ताहरु भने भेटिनै छाडेको एक लगानीकर्ताले बताए । ‘पछिल्लो समय बजारमा लगातार दोहोरो अंकको गिरावट आउँदै गर्दा लगानीकर्ताहरु प्यानिक बन्दै गएका छन्,’ उनले भने, ‘यसैका कारण आज बजारमा खरिदकर्ताको तुलनामा सेयर विक्रीकर्ता उल्लेख्य देखिए ।’

आज ३ सय १७ कम्पनीका २ करोड ५ लाख १३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ७३ करोड ५१ लाखभन्दा माथि पुगेको छ। कारोबारमा म्युचुअल फण्डबाहेक सबै समुहको परिसुचक ओरालो लागेको छ।

आज १ सय ९१ कम्पनीको सेयरमूल्य घट्दा ५८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ। विशेषगरी आज धेरै कम्पनीका सेयर विक्रीमा राखिए पनि पर्याप्त खरिदकर्ता नहुँदा बजारमा विक्री को चाप बढेको छ।

प्रतिक्रिया दिनुहोस्