Logo

धितोपत्र बोर्डमा ६ अर्बको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति आउँदैछ ?

धितोपत्र बोर्डमा ६ अर्बको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति आउँदैछ ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा करिब ६ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर अनुमतिको पखाईमा रहेको छ । हकप्रद सेयर जारी गर्नको लागि नेप्सेमा सूचीकृत १२ कम्पनीहरुले धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

यी कम्पनीहरुले कुल ५ अर्ब ९६ करोड ५७ लाख ५१ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । यसरी आवेदन दिनेमा जलविद्युत समूहका ५ कम्पनी, ४ वटा बिमा कम्पनी, १ विकास बैंक रहेका छन् । त्यस्तै, लगानी र उत्पादन तथा प्रशोधन क्षेत्रका १–१ कम्पनी रहेका छन् ।

हकप्रद सेयर जारी अनुमति माग्नेमा सबैभन्दा धेरै जलविद्युत् समूहका कम्पनीहरु रहेका छन् । हकप्रद सेयर अनुमतिको पखाईमा रहेका ५ जलविद्युत् कम्पनीमध्ये ४ वटाले आफ्नो चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

आवेदन दिएका प्रायः सबै हाइड्रोपावर कम्पनीहरुले बैंकको कर्जा तिर्न र अन्य आयोजनामा लगानी गर्न हकप्रदको सहारा लिन खोजेका हुन् । यिनीहरुले विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरी साधारण सभाबाट पनि प्रस्ताव पारित भएपछि बोर्डमा थप प्रक्रिया अघि बढाउन अनुमति मागेका हुन् । धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र यी कम्पनीहरुले हकप्रद बिक्री खुला प्रक्रिया अघि बढाउनेछन् ।

यता, हकप्रद सेयर अनुमतिको पखाईमा ४ बिमा कम्पनीहरु रहेका छन् । जसमा २ वटा जीवन र २ वटै निर्जीवन बिमा कम्पनीहरु रहेका छन् । यी ४ वटै कम्पनीले नेपाल बिमा प्राधिकरणले तोकेको पुँजी पुर्याउन य िकम्पनीले हकप्रद सेयरको बाटो रोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्