Logo

साताको पहिलो दिन नेप्सेमा ३९ अंकको गिरावट, कारोबार रकम ४ अर्बमाथि

साताको पहिलो दिन नेप्सेमा ३९ अंकको गिरावट, कारोबार रकम ४ अर्बमाथि



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको परिसुचक आज ३९ दशमलव ४० अंकले घटेर २६ सय ९३ को विन्दुमा पुगेको हो ।

laxmi

आज बजारमा कारोबार भएको अतिरिक्त समुह बाहेकका सबै समुहका परिसुचक ओरालो लागेका छन् । आज अतिरिक्त समुहको परिसुचक ९.७३ अंकले बढ्दा सबैभन्दा बढि गिरावट जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आईतबार जीवन बीमा समुहको परिसुचक ३६७ अंकले घट्दा निर्जिवन बीमा समुहको परिसुचकमा २८० अंकको गिरावट आएको छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचक ९१ अंकले घट्दा लघुवित्त समुहको परिसुचकमा ६६ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।

आज व्यापार समुहको परिसुचक ५६ अंकले घट्दा वित्त समुहको परिसुचक पनि ४६ अंकले घटेको छ । बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज २५ अंकको गिरावट आउँदा जलविद्युत समुहको परिसुचक ३१ अंकले घटेको छ ।

आज दिनभर २ सय ३० कम्पनीको ७१ लाख २२ हजार २ सय ९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL