Logo

नेपाल एसबिआई बैंक, रामदा एनकोर, होलिडे इन रिसोर्ट तथा हिमाल डेन्टल र इन्स्टिच्युट अफ डेन्टल साइन्सबीच छुट सम्झौता

नेपाल एसबिआई बैंक, रामदा एनकोर, होलिडे इन रिसोर्ट तथा हिमाल डेन्टल र इन्स्टिच्युट अफ डेन्टल साइन्सबीच छुट सम्झौता



काठमाडौं । नेपाल एसबिआई बैंक लि. र रामदा एनकोर काठमाडौं बीच बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरुमा १५ ५ सम्म छुट दिने सम्झौता भएको छ ।

यसैगरी नेपाल एसबिआई बैंक र होलिडे इन रिसोर्ट काठमाडौबीच पनि बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना तथा पेय पदार्थमा १५% सम्म छुट दिने सम्झौता भएको छ ।

साथै, बैंकले हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्स संग समेत दन्त उपचार सेवामा बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाइ २०% सम्म छुट प्रदान गर्ने सम्झौता गरेकोे छ ।

उक्त सम्झौतापत्रहरू बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख सञ्चालन अधिकृत विकास आनन्द तथा रामदा इनकोर काठमाडौंकी निर्देशक, (बिक्री) सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडौका निर्देशक, (बिक्री) बिख्यात बिक्रम राणा, र हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्सका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्टका बीच आदानप्रदान भएको थियो।

उक्त कार्यक्रमहरूमा बैंकका प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रबिन मुनि बज्राचार्य र होटल तथा हस्पिटलका अन्य वरिष्ठ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This