Logo

सुनको मुल्यमा गिरावट, यस्तो छ आजको कारोबार मुल्य

सुनको मुल्यमा गिरावट, यस्तो छ आजको कारोबार मुल्य



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट आएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो ।

त्यस्तै, बजारमा चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ । शुक्रबार बजारमा चाँदी १ हजार २ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL