काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सोमबार प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर २३ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला २३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।