Logo

सुनको मूल्य एकैदिन २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य एकैदिन २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढ्दै २ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्