काठमाडौं । बिहीबार सुनको भाउ पुनः उच्च मूल्यमा पुगेको छ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको हो । सुनको भाउ आज १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि साउन २३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
सुनको यो मूल्य नै उच्चतम हो । हिजो बुधबार सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी आज २ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।