Logo

विहीबारदेखि भृकुटीमण्डपमा बंगलादेशी एक्स्पो, सम्पूर्ण सामान एकै थलोमा पाइने

विहीबारदेखि भृकुटीमण्डपमा बंगलादेशी एक्स्पो, सम्पूर्ण सामान एकै थलोमा पाइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भृकुटीमण्डपमा विहीबारदेखि बंगलादेशी एक्स्पो हुने भएको छ । नेपालका लागि बंगलादेशी दुतावासले उक्त एक्स्पो गर्न लागेको हो ।

एक्स्पोमा निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, जुट तथा जुटजन्य उत्पादन, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधि जन्यउत्पादन हुने छ । यस्तै, सौन्दर्य सामग्री, जुत्ताचप्पल तथा विद्युतीय सामग्री समेत राखिने आयोजकले जानकारी दिएको छ । हस्तकला, कृषिजन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु मेलाको मुख्य आकर्षका हुने छ ।

पत्रकार सम्मेलनका नेपालका लागि बंगलादेशी राजदूत मसफिबिन्ते साम्सले मेलाले द्धिदेशीयव्यापार बिस्तारका लागि ठूलो भूमिका खेल्ने बताए । साथै, बंगलादेशले सन् २०३० सम्ममा ३० हजार मेगावाट विद्युत खपत गर्ने योजना बनाए अनुसार नेपालबाट ५ हजार मेगावाट विद्युत आयातका तयार भएको बताए । आगामी दिनमा बंगलादेशका विद्युत उत्पादक कम्पनीहरुले नेपाल भ्रमण गर्ने समेत उनले जानकारी दिए । एक्स्पो ५ दिनसम्म चल्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL