Logo

इन्धनको मूल्यवृद्धिले विश्वकै तीव्र गतिमा अघि बढेको बंगलादेशी अर्थतन्त्रको गति रोकिएला ?

इन्धनको मूल्यवृद्धिले विश्वकै तीव्र गतिमा अघि बढेको बंगलादेशी अर्थतन्त्रको गति रोकिएला ?



काठमाडौं । श्रीलंकापछि अब बंगलादेशमा पनि आर्थिक संकट गहिरिएको छ । बंगलादेशमा शनिबार पेट्रोलको मूल्य ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ प्रतिशतले बढेको हो, जुन इतिहासकै उच्च हो । इन्धनको मूल्यवृद्धिको विरोधमा जनता सडकमा उत्रिएका छन् ।

laxmi

बंगलादेशमा अहिले एक लिटर पेट्रोलको मूल्य १३० टाका (बंगलादेशी मुद्रा (करीब १७५ रुपैयाँ) र डिजेल ११४ टाका (करीब १५५रुपैयाँ) पुगेको छ । सरकारले तेल कम्पनीलाई आठ अर्ब रुपैयाँ घाटा भएको जनाएको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको र त्यसैले मूल्य बढाउनुको विकल्प नभएको भन्दै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घट्ने वित्तिकै मूल्य घट्ने सरकारले उल्लेख गरेको छ ।

बंगलादेशमा आइतबार सरकारको निर्णयविरुद्ध जनता सडकमा उत्रिएका थिए । ढाकालगायत धेरै सहरमा सडक अवरुद्ध भएका थिए । प्रदर्शनमा बंगलादेशी विद्यार्थी संगठनहरुको पनि सहभागिता रहेको थियो । आन्दोलनकारीले भने, ‘सामान्य जनता महँगीको मारमा छन् । सरकारको लापरवाहीले जनताको पीडा थपिएको छ । बंगलादेशमा जुन महिनामा मुद्रास्फीति दर ९ महिनाकै उच्च ७ दशमलव ५६ प्रतिशत रहेको छ ।

संकटतर्फ बंगलादेशको अर्थतन्त्र

बंगलादेशको अर्थ मन्त्रालयको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा देशमा कुल ऋण १३ हजार ११४ मिलियन डलरभन्दा बढी छ । प्रतिवेदनअनुसार विगत तीन वर्षमा प्रत्येक वर्ष सरकारमाथि १६ करोड ४५ लाख डलर ऋण बढेको छ । बंगलादेश विश्वको सबैभन्दा तीब्र रुपमा बढिरहेको अर्थतन्त्र मध्ये एक हो ।

हाल बंगलादेशको अर्थतन्त्र ४१६ बिलियन डलरको छ । इन्धनमा मूल्यवृद्धिले समग्र क्षेत्रमा गम्भीर प्रभाव पर्ने र यसैका कारण अर्थतन्त्रको वृद्धिको गति रोकिने बंगलादेशी अर्थशास्त्रीहरुले चेतावनी दिएका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL