Logo

बंगलादेश एक्स्पो शुरु, घरदेखि अफिससम्मका सामान उपलब्ध

बंगलादेश एक्स्पो शुरु, घरदेखि अफिससम्मका सामान उपलब्ध


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल र बंगलादेशबीचको दिद्धेशिय व्यापार बिस्तार गर्ने लक्ष्यका साथ राजधानीमा बंगलादेश एक्स्पो २०१६ सुरु भएको छ । बिहीबार एक कार्यक्रमका बीच श्रम तथा रोजगार मन्त्री दिपक बोहराले एक्स्पोको उद्घाटन गरेका हुन् ।

आजदेखि शुरु भएको एक्स्पोमा बंगलादेशी उत्पादनहरुको प्रदर्शन तथा बिक्रिबितरणका साथै उत्पादनका सम्बन्धमा अवलोकनकर्तालाई जानकारी गराइने भएको छ । विभिन्न विधाका उत्पादनहरु निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, जुट तथा जुटजन्य उत्पादन, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्यउत्पादन, सौन्दर्य सामग्री, जुत्ताचप्पल, विद्युतीय सामग्रीएक्सपोको आकर्षणका रुपमा रहेका छन् । त्यसै गरि हस्तकलाकाउत्पादन, कृषिजन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने छ ।

एक्स्पोमा नेपालका व्यवसायीले बंगालादेशी व्यवसायीलाई लक्षित गरी आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि बितरण गरेका छन् । एक्स्पोले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बंगलादेशसम्म पुर्याउन र नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ । यसका अलावा पछिल्लो समय विकास भएका प्रविधिको नेपाल र बंगलादेशबिच साटा साट गर्न स्पोले महत्वपुर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

त्यसै गरि उर्जा अभावको चरम समस्या देखिइ रहेका बेला सम्भावित क्षेत्रमा उर्जा विकासका लागि लगानीको स्रोत जुटाउँदै दिगो उर्जा विकासका साथै पर्यटन क्षेत्रको विकासमा पनि एक्स्पोले टेवापुर्याउने अपेक्षा गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL