Logo

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष



काठमाडौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको प्रत्याभूतिकर्ता नागरिक लगानी कोष भएको छ । कम्पनीको ९६ लाख कित्ता सेयरको ९६ करोड वरावरको प्राथमिक सेयर निश्काशनको सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष भएको हो ।

laxmi

उक्त हाइड्रोपावर कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध संचालक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् ।

उक्त हाइड्रोपावरले लमजुङको दोर्दि नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निश्काशन तथा विक्री प्रवन्धको रुपमा सानिमा क्यापिटल रहेको छ ।

सम्झौतापत्र आदान प्रदान कार्यक्रममा कोषको तर्फबाट विभागिय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायण प्रसाद घिमिरे लगायतका अधिकारी उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL