Logo

साताको अन्तिम दिन बजार घटेर बन्द, कारोबार रकम ३ अर्ब ७८ करोडमा सिमित

साताको अन्तिम दिन बजार घटेर बन्द, कारोबार रकम ३ अर्ब ७८ करोडमा सिमित



काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुदेखि नै घटबढ भईरहेको परिसुचक अन्तिममा भने ३ दशमलव २२ अंकले ओरालो लागेको हो ।

आज बजारमा कारोबार भएका ४ समुहबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ । जसमा सबैभन्दा बढी गिरावट निर्जिवन बीमा समुहको परिसुचकमा देखिन्छ । बिहीबार निर्जिवन बीमा समुहको परिसुचक १५६ अंकले घट्दा विकास बैंक समुहको परिसुचक भने ७० अंकले ओरालो लागेको छ । यस्तै आज लघुवित्त, उत्पादनमुलक, व्यापारलगायतको समुहको परिसुचकमा क्रमशः ५१, ३१ र ४३ अंकको गिरावट देखिन्छ ।

आज कुल २ सय ३३ कम्पनीको ७४ लाख ८६ हजार बढि कित्ता सेयर ४७ हजार ११३ पटक किनबेच हुँदा कारोबार रकम ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL