Logo

सीएनआईको उपाध्यक्षमा ७ जना चुनिए, कसले मार्ला वरिष्ठ उपाध्यक्षको बाजी ?

सीएनआईको उपाध्यक्षमा ७ जना चुनिए, कसले मार्ला वरिष्ठ उपाध्यक्षको बाजी ?



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को उपाध्यक्षमा ७ जना चयन भएका छन् । सीएनआईको राष्ट्रिय परिषदमध्येबाट ७ जना उपाध्यक्ष्मा चयन भएका हुन् । 

सीएनआईको साधारणसभाले ३५ सदस्यीय राष्ट्रिय परिषद चयन गरेको थियो । सोही परिषदले ७ जना उपाध्यक्ष चयन गरेको हो । सीएनआईको उपाध्यक्षहरूमा आर्ईएमई ग्रूपका प्रबन्ध निर्देशक हेमराज ढकाल, चौधरी ग्रूपका निर्वाण चौधरी, जाउलाखेल ग्रूपका राजबहादुर शाह, राजेश मेटल क्राफ्टका राजेश अग्रवाल, टेलिटकका रोहित गुप्ता, नेपाल आदर्श निर्माण कम्पनीका विरेन्द्रराज पाण्डे र चिवन उद्योग एशोसिएसनको तर्फबाट कृष्ण अधिकारी उपाध्यक्षमा चयन भएका छन् । 

सीएनआईको विधान अनुसार सोही मध्येबाट १ वर्षपछि एक जना वरिष्ठ उपाध्यक्ष चयन गरिने छ । जसले आगामी कार्यकालको लागि अध्यक्ष भएर संस्था संचालन गर्ने छन् । 
 

प्रतिक्रिया दिनुहोस्
MBL