Logo

५ लाख ८० हजारले हात पारे युनियन लाइफ इन्स्योरेन्सको आइपिओ, १५ लाख ३२ हजारको हात खाली

५ लाख ८० हजारले हात पारे युनियन लाइफ इन्स्योरेन्सको आइपिओ, १५ लाख ३२ हजारको हात खाली



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ ५ लाख ८० हजार ५ सय जनाले हात पारेका छन् । कुल २१ लाख ८२ हजार ७ सय ७५ जनाको आवेदन परेको कम्पनीको आईपीओमा उक्त संख्याका आवेदकले १० कित्ता प्राथमिक सेयर हात पारेका हुन् ।

कम्पनीका अनुसार आवेदन दिने २१ लाख ८२ हजार ७ सय ७५ आवेदन मध्ये दोहोरो आवेदनका कारण ४ हजार ८ सय १ तथा अन्य कारणबाट ६५ हजार १ सय ७५ जनाको आवेदन रद्ध भएका थिए । बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटा मध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको हो । बाँकी १२ लाख ३२ हजार २ सय ९९ जना हातखाली भएका छन् ।

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई असार २४ गते देखि २८ गते सम्म सार्वजनिक निष्काशन खुला गरेको थियो । कूल ६४ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५ सय ०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५ सय कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो । निष्काशनको करिब ५.९२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL